एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु
मंगलबार, असोज ९, २०८०
मान्छेमाथि आक्रमण गर्न थालेपछि दोलखामा राँगोलाई गोली हानी मारियो
मंगलबार, असोज ९, २०८०
चरिकोट । मानिसहरुमाथि आक्रमण गर्न थालेपछि दोलखामा एउटा राँगोलाई गोली हानेर मारिएको छ । प्रहरीका अनुसार भीमेश्वर नगरपालिका–५, पुछारमाटीमा राँगोलाई गोली हानेर मारिएको हो ।
श्रीमती र नातिनीलाई खुकुरी प्रहार गर्ने दोलखा तामाकोशीका एक पुरुष पक्राउ
सोमबार, असोज ८, २०८०
चरिकोट । श्रीमती र नातिनीलाई खुकुरी प्रहार गर्ने दोलखाको तामाकोशी गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–५ झुलेका ७२ वर्षिय मोहनवहादुर कार्की रहेका छन् । कार्कीले आईतवार राती ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षिया नातिनी सुहाना कार्कीलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए...
खिम्ती आयोजनामा पहिरोमा पुरिएर एक युवकको मृत्यु
आइतबार, असोज ७, २०८०
चरिकोट । जिरी नगरपालिका–८, स्थित खिम्ती–२ जलविद्युत आयोजनामा पहिरोले पुरिएर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका–३ का अन्दाजी ३८ वर्षीय आङकाजी शेर्पा रहेका छन् ।
को बन्ला एमाले वाग्मती प्रदेश कमिटीको अध्यक्ष ?
आइतबार, असोज ७, २०८०
काठमाडौं । नेकपा एमाले वागमती प्रदेशको प्रथम अधिवेशन सोमवारदेखि सुरु हुँदैछ । काठमाण्डौंमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधि काठमाडौं आईसकेका छन् ।
दोलखामा चोरी मुद्धाका फरार थप एक जना अभियुक्त पक्राउ
आइतबार, असोज ७, २०८०
चरिकोट । दोलखामा चोरी कार्यमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले चोरी कार्यमा संलग्न फरार रहेका थप एक जनालाई शनिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्वर ९ का २१ वर्षिय सागर खत्री रहेका छन् ।
तामाकोशीको हकप्रद सेयरको म्याद थपियो, असोज २२ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, असोज ४, २०८०
चरिकोट । दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको हकप्रद सेयरको लागि आवेदन गर्ने म्याद थप गरिएको छ । राष्ट्रिय गौरवको रुपमा रहेको आयोजना निर्माण गरेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले एक सूचना जारी गर्दै हकप्रद सेयरको आवेदन गर्ने अवधि यही असोज २२ गतेसम्म...
चोरी कार्यमा संलग्न दोलखाका एक युवक पक्राउ
बिहीबार, असोज ४, २०८०
चरिकोट । दोलखामा चोरी कार्यमा संंलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्धामा फरार रहेका दोलखाको भीमेश्श्रर नगरपालिका ९ का २५ बर्षिय रमेश केसी पक्राउ परेका हुन् । उनलाई खोजतलासको क्रममा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दोलखाकी सदीक्षाको वेलायतमा कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको पुष्टि
बिहीबार, असोज ४, २०८०
काठमाडौं । अध्ययनका लागि बेलायत पुगेकी दोलखाकी एक विद्यार्थीको कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको तथ्य बाहिर आएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–३, घर भएकी २२ वर्षिया सदीक्षा तामाङको एम्बुलेन्सका कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको पाईएको हो ।
माथिल्लो तामाकोशीको जलाशय सफा गरिँदै, १८ घण्टा विद्युत उत्पादन बन्द हुने
आइतबार, भदौ ३१, २०८०
चरिकोट । देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय सफा गरिने भएको छ । आयोजनाको जलाशयमा थुप्रिएका गेग्रान सफा गर्न लागिएको हो । यस क्रममा १८ घण्टा विद्युत् उत्पादन बन्द हुनेछ । सोमबार बिहानबाट विद्युत् उत्पादन बन्द गरिन लागिएको आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् ।
काठमाडौंमा सुनजस्तो धातु देखाई ठगी, दोलखाका एकजना सहित चार जना पक्राउ
आइतबार, भदौ ३१, २०८०
चरिकोट । सुनजस्तो धाुत देखाई ठगी गर्ने दोलखाका एक जना सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्ला विगु गाउँपालिका वडा नम्बर ५ घर भई हाल भक्तपुर नयाँ ठिमी बस्ने ३० वर्षिय भीमसेन विक, काभ्रे तेमाल गाउँपालिका १ का ३१ वर्षिय विशुराम थपलिया, सप्तरी सितापुरका दिलिप...
दोलखाको बैतेश्वर गाउँपालिकामा करेन्ट लागेर महिलाको मृत्यु
आइतबार, भदौ ३१, २०८०
चरिकोट । दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षिया सिता गिरी रहेकी छन् ।