Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वैतेश्वर अस्पतालले तोक्यो १३ हजारसम्म एम्बुलेन्सको नयाँ भाडादर
वैतेश्वर अस्पतालले तोक्यो १३ हजारसम्म एम्बुलेन्सको नयाँ भाडादर चरिकोट - कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण लकडाउन जारी रहँदा बैतेश्वर गाउँपालिकाले एम्बुलेन्सको नयाँ भाडादर कायम गरेको छ । गाउँपालिकाले यही जेठ १५ गतेदेखि लागु हुनेगरी एन्बुलेन्सको नयाँ भाडादर कायम गरेको हो । जस अनुसार बैतेश्वर अस्पतालबाट काठमाण्डौंसम्मको भाडादर १० हजार तोकिएको छ ।
दोलखामा पहिलो पटक कोरोना संक्रमण पुष्टि
दोलखामा पहिलो पटक कोरोना संक्रमण पुष्टि चरिकोट - दोलखा जिल्लामा पनि कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भिमेश्वर नगरपालिकाका एक जना वृद्ध पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालद्धारा संचालित दोलखा अस्पतालबाट रिफर गरिएका विरामीको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले पुष्टि गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु...
दोलखा घर भएका प्रहरी सहायक निरीक्षकद्धारा काठमाण्डौंमा गोली हानी आत्माहत्या
दोलखा घर भएका प्रहरी सहायक निरीक्षकद्धारा काठमाण्डौंमा गोली हानी आत्माहत्या महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत दोलखा घर भएका एक जना प्रहरी सहायक निरीक्षक (असई) ले गोली हानी आत्माहत्या गरेका छन् । ड्युटी पोस्ट स्वयम्भू हल्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्कीले आफुलाई गोली हानी आत्महत्या गरेका हुन् ।
भारतदेखि दोलखा आईपुगेका ९६ जनालाई राखियो १२ क्वारेन्टाईनमा
भारतदेखि दोलखा आईपुगेका ९६ जनालाई राखियो १२ क्वारेन्टाईनमा कोरोना भाईरस (कोभिड १९) प्रभावित भारत तथा बिभिन्न जिल्लाहरुबाट दोलखा आएका ९६ जनालाई मानिसलाई क्वारेन्टाईनमा राखिएको छ । जसमा ९१ जना पुरुष र ५ जना महिला रहेका छन् । उनीहरुलाई सुरक्षाकर्मीको निगरानीमा जिल्लाका विभिन्न १२ क्वारेन्टानमा बस्ने ब्यवस्था मिलाईएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै संक्रमितको संख्य कुल ५०७ पुगेको छ ।
नेपालमा कोरेनाबाट ४ सय ८७ संक्रमित, ३ जनाको मृत्यु
नेपालमा कोरेनाबाट ४ सय ८७ संक्रमित, ३ जनाको मृत्यु शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साउदीमा कोरोनाका कारण ७ नेपालीले ज्यान गुमाए, साँढे १३ सय संक्रमित
साउदीमा कोरोनाका कारण ७ नेपालीले ज्यान गुमाए, साँढे १३ सय संक्रमित साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट ७ जना नेपालीले ज्यान गुमाएका छन् । कोरोना संक्रमित नेपालीको संख्या १७ महिलासहित १३ सय ६४ पुगेकोमा ७ जनाको मृत्यु भैसकेको छ । रियाद स्थित नेपाली दुतावासका अनुसार एक हप्ताको अवधिमा ६ सय ९० जनामा कोरोना पुष्टि भएको हो । त्यहाँ वैशाख ३०...
Weather Update