Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
तीन हजार १ सय ३४ कोरोना संक्रमित निको भएर घर फर्किए
तीन हजार १ सय ३४ कोरोना संक्रमित निको भएर घर फर्किए काठमाडौँ — नेपालमा थप १ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध ईरानले जारी गर्यो पक्राउ पुर्जी
अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध ईरानले जारी गर्यो पक्राउ पुर्जी एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ईरानले पक्राउ पुर्जी जारी गरेको छ । इरानले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोगका लागि आग्रह समेत गरेको समाचार संस्था एपीले जनाएको छ । गत जनवरीमा अमेरिकी आक्रमणमा ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएको थियो ।
लकडाउन खुकुलिएसँगै भारतमा कोरोना संक्रमण दर उच्च, ५ लाख नाघ्यो
लकडाउन खुकुलिएसँगै भारतमा कोरोना संक्रमण दर उच्च, ५ लाख नाघ्यो काठमाडौँ — भारतमा ५ लाख भन्दा बढि मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा १८ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण...
हङ्‌कङ बिवाद : चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
हङ्‌कङ बिवाद : चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा एजेन्सी - अमेरिकी विदेश मन्त्रालयले चिनियाँ नेताहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ । विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाईएको बताएका हुन् । हङ्‍कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएका चिनियाँ अधिकारीहरुको हकमा यस्तो निर्णय गरिएको उनले बताए । पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका...
सलह कीरा नेपालमा पनि भित्रियो
सलह कीरा नेपालमा पनि भित्रियो काठमाडौं - नेपालमा सलह किरा भित्रिएको अधिकारीहरुले बताएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार पर्सा, बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको हो । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसिले बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको जानकारी दिए ।
तीन करोड नाघ्यो नेपालको जनसंख्या
तीन करोड नाघ्यो नेपालको जनसंख्या काठमाडौँ — केन्द्रिय तथ्यांक विभागले नेपालको जनसंख्या ३ करोड नाघेको जनाएको छ । विभागको घडीमा शुक्रबार (असार १२ गते) देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको हाहे । विभागका निर्देशक ढुडिराज लामिछानेले राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको बताए ।
अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुनसक्ने
अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुनसक्ने काठमाडौं - अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुनसक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले गरेको अध्ययनमा यस्तो आशंका गरिएको हो । सीडीसीका डाइरेक्टर डा. रोबर्ट रेडभिफल्डले कोरोना संक्रमणको एउटा रिपोर्टले अन्य १० जनामा संक्रमण फैलिरहेको आँकलन गरिएको बताए ।
जनजाति प्रतिष्ठानको उपाध्यक्ष बने गोकुल घर्ती
जनजाति प्रतिष्ठानको उपाध्यक्ष बने गोकुल घर्ती काठमाडौं - सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिला तथा सामान्य प्रशाशसन मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको समितिले उपाध्यक्षका लागि घर्तीको नाम सिफारिस गरेको थियो ।
Weather Update