व्यवसायीहरुले सोमवारदेखि यातायात संचालन गर्ने
आइतबार, साउन ४, २०७७
सिन्धुपाल्चोकका बाढीपहिरो पिडितको घर प्रदेश सरकारले बनाईदिने
आइतबार, साउन ४, २०७७
चौतारा - सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो। बाढीग्रस्त क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध गराएको खण्डमा उक्त जग्गामा प्रदेश सरकारले पीडितका लागि आवास निर्माण गरिदिने वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले निर्णय गरेको...
नेकपा बिवादबारे नेता ज्ञवालीले भने - धुरीखाँबो भाँचियो भने घर नै भत्किन्छ,
शनिबार, साउन ३, २०७७
काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टीभित्र देखिएको बिवाद प्रति गम्भिर चिन्ता व्यक्त गर्दै सामाजिक संजालमा आफ्नो धारणा सार्वजानिक गरेका छन् ।
पवटी बस दुर्घट्नामा १८ जना घाईते, २ जना काठमाण्डौं रिफर (अपडेट)
शनिबार, साउन ३, २०७७
चरिकोट - दोलखा मेलुङ गाउँपालिकाको पावटीमा यात्रुवाहक बस दुर्घट्ना हुँदा पाँच जना घाईते भएका छन् । घाईतेमध्ये ३ को अवस्था गम्भिर छ । घाईते हुनेमा पवटीकी अन्दाजी ३० वर्षिया गोमा लकाई, कालिञ्चोक गाउँपालिका ९ की धनमाया शिवाकोटी लगायत छन् ।
यस्तो छ, नयाँ आर्थिक वर्षको मौद्रिक नीति (पूर्णपाठ)
शुक्रबार, साउन २, २०७७
काठमाण्डौं - कोरोनाको असरबाट प्रभावित उद्योगी व्यवसायीलाई सावाँ तथा ब्याज तिर्ने समयावधि थप गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
सचिवालयले भन्यो : प्रधानमन्त्रीको नाममा स्वीस बैंकमा पैसा छैन, भ्रम फैल्याईयो
बुधबार, असार ३१, २०७७
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले उक्त समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका हुन् ।
यार्चागुम्बा संकटमा पर्दै गएपछि राखियो सम्वेदनशील सूचीमा
मंगलबार, असार ३०, २०७७
काठमाडौँ — बहुमूल्य जडीबुटी यार्चागुम्बु संवेदनशील (जोखिम–उन्मुख) प्रजातिको सूचीमा परेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले १५ वर्षयता अत्यधिक संकलनका कारण यार्चा उत्पादनमा ३० प्रतिशतले ह्रास आएको भन्दै संवेदनशील सूचीमा राखेको हो ।
नेकपाका दुई अध्यक्ष फेरी जुटे छलफलमा
मंगलबार, असार ३०, २०७७
काठमाडौँ — पार्टीभित्र देखिएको बिवाद समाधानका लागि नेकपाका अध्यक्षद्धय निर्णायक छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ दिनपछि पुन छलफल सुरु गरेका हुन् ।
देशभर बाढीपहिरोबाट ठुलो जनधनको क्षति
शनिबार, असार २७, २०७७
काठमाडौँ — अबिरल वर्षासँगै आएको बाढीपहिरोले देशभर ठुलो जनधनको क्षेति भएको छ । म्याग्दी, कास्की, लमजुङ, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको हो ।
‘भारतीय मिडियालाई बहिष्कार गर्दै प्रतिबन्ध लगाऔं’
बिहीबार, असार २५, २०७७
काठमाण्डौं — नेकपाका केन्द्रिय सदस्य तथा वाग्मती प्रदेशका सचिव आनन्द प्रसाद पोखरेलले भारतीय मिडिया बहिस्कार गर्न आव्हान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबारे भारतीय मिडियाले गरेको टिप्पणीहरुप्रति आक्रोस व्यक्त गर्दै नेता पोखरेलले सबै क्षेत्र, तह र तप्काबाट प्रतिवाद आवश्यक रहेको बताए ।
दोलखाका दुई जनामा फेरी देखियो कोरोना संक्रमण
सोमबार, असार २२, २०७७
दोलखा - दोलखाका दुई जनामा फेरी २ जनामा कोरोना संक्रमण देखिएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिकाका २९ वर्षिय पुरूष र भिमेश्वर नगरपालिकाका ३१ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो ।
मास्क नलगाउने र सामाजिक दुरी पालना नगर्नेलाई पक्राउ गर्न निर्देशन
सोमबार, असार २२, २०७७
काठमाण्डौं - मास्क नलगाई बाहिर निस्किने व्यक्तिलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै मन्त्रालयले सामाजिक दुरी कायन नगर्ने र मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको हो ।
ओली - प्रचण्डबीच पार्टी एकता जोगाउने सहमति
आइतबार, असार २१, २०७७
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच पार्टी एकतालाई बचाउने सहमति भएको छ । पार्टीभित्र एकताको बिकल्प नरहेको निष्कर्ष निकाल्दै दुबैजना अध्यक्ष सहमतिका आधारहरु खोज्न सहमत भएका हुन् ।