Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपालमा ३८१ नयाँ कोरोना सक्रमित थपिए
नेपालमा ३८१ नयाँ कोरोना सक्रमित थपिए काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दोलखाका थप १ जनामा कोरोना संक्रमण पुष्टी
दोलखाका थप १ जनामा कोरोना संक्रमण पुष्टी काठमाडौँ — पछिल्लो २४ घन्टामा दोलखासहितका जिल्लामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दोलखाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएपनि ठेगाना खुल्न सकेको छैन ।
यी हुन् केन्द्रीय कमिटीको बैठक माग गर्ने नेकपाका १५२ केन्द्रीय सदस्यहरु (हेर्नुस् नामावली)
यी हुन् केन्द्रीय कमिटीको बैठक माग गर्ने नेकपाका १५२ केन्द्रीय सदस्यहरु (हेर्नुस् नामावली) काठमाडौँ — सत्तारुढ नेकपाका १५२ केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै अध्यक्षद्धयलाई हस्ताक्षर बुझाएका छन् । पार्टीभित्रको बिवाद जटिल अबस्थामा पुगेका बेला उनीहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।
मोटरसाईकल दुर्घट्नामा शिक्षकसहित दुई जना घाईते
मोटरसाईकल दुर्घट्नामा शिक्षकसहित दुई जना घाईते चरिकोट —दोलखा भिमेश्वर नगरपालिकामा मोटरसाईकल दुर्घट्ना हुँदा २ जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षिय ईन्द्र बहादुर बस्नेत र भीमेश्वर नगरपालिका वडा नम्बर १ सुस्पाक्षमावतीका बृहस्पती थामी रहेका छन् ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बस्यो नेकपा स्थायी समिति बैठक
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बस्यो नेकपा स्थायी समिति बैठक काठमाडौँ — पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति बिना नेकपाको बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुले स्थायी समिति बैठक सुरु गरेका हुन् ।
कोईराला प्रकरण : सजाय घटाउने फैसला पुनरावलोकन हुने
कोईराला प्रकरण : सजाय घटाउने फैसला पुनरावलोकन हुने काठमाडौं - सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने भएको छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबाट भएको उक्त फैसला पुनरावलोकन गर्ने नयाँ आदेश दिएको हो ।
पहिरोमा स्काभेटर पुरिँदा दुई चालक वेपत्ता
पहिरोमा स्काभेटर पुरिँदा दुई चालक वेपत्ता बागलुङ - जिल्लाको बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ। गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।
मनसुन पुनः सक्रिय हुने, सतर्कता अपनाउन आग्रह
मनसुन पुनः सक्रिय हुने, सतर्कता अपनाउन आग्रह काठमाडौं - सोमबार (भोली) देखि पुनः मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुन सक्रिय हुँदा लगातार तीन–चार दिनसम्म धेरैजसो स्थानमा वर्षा हुने सम्भावना हुन्छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पुर्वानुमान छ ।
बाढीपहिरोबाट ज्यान गुमाउने परिवारलाई २ लाख, घरबार गुमाएकालाई भूकम्पपीडित सरहको अनुदान
बाढीपहिरोबाट ज्यान गुमाउने परिवारलाई २ लाख, घरबार गुमाएकालाई भूकम्पपीडित सरहको अनुदान काठमाडौँ — बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारले २ लाख रुपैयाँ राहत पाउने भएका छन् । मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई २ लाख राहात उपलव्ध गराउने निर्णय गरेको हो ।
नेपालमा लकडाउन अन्त्य भएको सरकारको घोषणा
नेपालमा लकडाउन अन्त्य भएको सरकारको घोषणा काठमाण्डौं - सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेको छ । सरकारले झण्डै ४ महिनापछि लकडाउन खोल्ने निर्णय गरेको हो । मंगलवार राती १२ बजेदेखि लकडाउन हटाउने निर्णय भएको अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
‘केरुङ च्छो’ ताल फुट्ने खतरा, भोटेकोसी क्षेत्रका स्थानीयलाई सतर्क रहन प्रशासनको आग्रह
‘केरुङ च्छो’ ताल फुट्ने खतरा, भोटेकोसी क्षेत्रका स्थानीयलाई सतर्क रहन प्रशासनको आग्रह काठमाडौं - लगातारको वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ताल फुट्ने सम्भावना बढेपछि सिन्धुपाल्चोकको भोटेकोशी नदी तटिय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
व्यबस्थित योजनासहित सार्वजानिक यातायात सुचारु गर्नुपर्छ : सांसद खड्का
व्यबस्थित योजनासहित सार्वजानिक यातायात सुचारु गर्नुपर्छ : सांसद खड्का हेटौँडा — वाग्मती प्रदेशका सांसद विशाल खड्काले व्यवस्थित योजना सहित सार्बजानिक यातायात सुचारु हुनुपर्ने बताएका छन् । प्रदेशसभामा आईतवार आफ्नो धारणा राख्दै सांसद खड्काले जनताको पिडालाई मध्येनगर गर्दै व्यवस्थित योजनासहित सार्वजानिक यातायात सुचारु गर्नुपर्ने आवाज उठाए ।
Weather Update