स्वास्थ्यमा खराबी देखिएपछि जापानका प्रधानमन्त्रीको राजीनामा
शुक्रबार, भदौ १२, २०७७
प्रधानमन्त्रीका सल्लाहाकार राजन भट्टराई बिवादमा तानिए
बुधबार, भदौ १०, २०७७
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराई बिवादमा तानिएका छन् । उनले चिनियाँ राजदूतावासबाट तीन वर्ष अघि लिएको १५ लाख रुपैयाँ बिवादित बनेको हो । नेपाल भारत सम्बन्धको बारेमा रिसर्च गर्ने भन्दै लिईएको उक्त रकम भट्टराईले नबिल बैंकमार्फत् बुझेको हस्ताक्षरसहित विवरणसमेत ग्लोबल वाच एनालिसिसले सार्वजनिक...
यस्तो छ, नेकपाको कार्यदलले अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदन (हेर्नुस् पुर्णपाठ)
सोमबार, भदौ ८, २०७७
काठमाडौँ — पार्टी विवाद समाधानका लागि नेकपाले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजानिक भएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको दुई अध्यक्षको अधिकार बाँडफाँटसहितको प्रतिवेदन सार्वजानिक भएको हो ।
कोरोना संक्रमित एक कर्मचारीको क्लोज कन्ट्याक्टमा रहेकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ
सोमबार, भदौ ८, २०७७
चरिकोट – दोलखा सदरमुकाम चरिकोट स्थित एक गैर सरकारी संस्थामा कार्यरत संक्रमित युवतीको क्लोज कन्ट्याक्टमा रहेकाहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ घर भएकी युवतीको सम्पर्कमा पुगेका परिवारका सदस्य लगायतको रिपोर्ट नेगेटिभ आएको हो ।
नेपालमा कोरोना बिरुद्धको तीन खोप परीक्षण गर्ने तयारी
आइतबार, भदौ ७, २०७७
काठमाण्डौं - विश्वका तीन प्रतिष्ठित खोप उत्पादक कम्पनीले उत्पादन गरेको कोरोना भाईरस विरुद्धको खोप नेपालमा परीक्षण गर्ने प्रक्रिया अघि बढाईएको छ । नेपालमा तेस्रो चरणको खोप परीक्षणको तयारी गरिएको हो ।
काँडाघारीका सैलुन चलाउने व्यक्तिमा पनि कोरोना भेटियो
आइतबार, भदौ ७, २०७७
काठमाण्डौं - काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी स्थित सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी भएसँगै उक्त क्षेत्र सिल गरिएको छ ।
कागेश्वरी मनोहरामा कोरोना समुदायस्तरमै फैलिँदै, संक्रमितसँगै दर खाएका ३० जनाको परीक्षण गरिँदै
आइतबार, भदौ ७, २०७७
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएसँगै उनको प्रत्यक्ष सम्पर्कमा ३० जना भन्दा बढी पुगेको पाईएको छ ।
दोलखामा थप ४ जनामा कोरोना संक्रमण पुष्टी
शुक्रबार, भदौ ५, २०७७
दोलखाबाट स्वाब संकलन गरी पठाईएको मध्ये थप ४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
देशभर कोरोना संक्रमितको संख्या ३० हजार माथि
शुक्रबार, भदौ ५, २०७७
काठमाण्डौं - नेपालमा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
दोलखामा लकडाउन १० गतेसम्म थपियो, पीसीआर परीक्षणको दायरा बढाईदै
शुक्रबार, भदौ ५, २०७७
चरिकोट - कोरोनाको जोखिम बढेसँगै दोलखा जिल्लामा जारी लकडाउन आगामी भदौ १० गतेसम्म लम्ब्याउने निर्णय भएको छ ।