सोह्र श्राद्ध सुरु
बुधबार, असोज २, २०८१
नयाँ क्षेत्रमा कर लगाउने सरकारको तयारी
सोमबार, भदौ ३१, २०८१
काठमाडौं । सरकारले आन्तरिक राजस्व परिचालन सम्बन्धी नयाँ योजना अघि सारको छ । राजस्व परिचालनका लागि आगामी पाँच वर्षे रणनीति (डिआरएमएस) कार्यान्वयनमा ल्याईएको हो ।
प्रधानन्यायधीसमा राउत सिफारिस
सोमबार, भदौ ३१, २०८१
काठमाडौं । वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायधीसमा सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनलाई सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको सिफारिस
आइतबार, भदौ ३०, २०८१
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन गर्ने मिति सिफारिस गरेको छ । १६ मंसिरमा उपनिर्वाचन गर्न आयोगले सरकारलाई परामर्श दिएको हो ।
रास्वपा केन्द्रीय समिति बैठकका ९ एजेन्डा
शनिबार, भदौ २९, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा बिभिन्न ९ एजेन्डामा छलफल हुँदैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा शनिबार सुरू हुने बैठकमा राष्ट्रिय भेलासँग सम्बन्धित ९ एजेन्डामाथि छलफल हुनेछ ।
लिपुलेक र कालापानी भारतको भनेपछि बिवादमा मेटमणी
शुक्रबार, भदौ २८, २०८१
काठमाडौं । लिपुलेक र कालापानी भारतको भूमि भन्ने गम्भिर बिवादास्पद अभिव्यक्ति दिएपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरी बिवादित बनेका छन् । उक्त अभिव्यक्तिलाई लिएर सोसल मिडियामा उनको चर्को आलोचना भएको छ भने पार्टीले पत्र पठाएर स्पष्टीकरण मागेको छ ।
लगाडी बोर्डको सिइओमा सुशील ज्ञवाली
शुक्रबार, भदौ २८, २०८१
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
असोज ३ देखि संचालनमा आउँदै धरहरा
शुक्रबार, भदौ २८, २०८१
काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा संचालनमा आउने भएको छ । मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसर पारेर धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन गर्न निर्णय गरेको हो ।
समसामयिक विषयमा ओली, देउवा र प्रचण्डको बैठक
बिहीबार, भदौ २७, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले तत्काल एकैसाथ संवैधानिक नियुक्ति अघि बढाउने प्रस्ताव गरेका छन् ।
उपसभामुख हटाउन जुट्ला दुईतिहाई ?
बिहीबार, भदौ २७, २०८१
काठमाडौँ । सत्तारूढ कांग्रेस र एमालेलाई उपसभामुख इन्दिरा रानालाई हटाउन दुई तिहाई जुटाउन सकस देखिएको छ । दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख रानालाई हटाउने प्रक्रिया अघि बढाउने दुई दलको तयारी छ । तर दुई तिहाइ अनिश्चित र कांग्रेसमा आन्तरिक मतभेद देखिएपछि तत्कालका लागि प्रक्रिया रोकिएको छ ।