Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प
खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प काठमाडौं - खोटाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार आइतबार बिहान ८ ः १३  बजे भूकम्प गएको हो । खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
कोरोना संक्रमणबाट खोप नलगाएकाहरुको धमाधम मृत्यु
कोरोना संक्रमणबाट खोप नलगाएकाहरुको धमाधम मृत्यु काठमाडौँ  - नेपालमा विगत ११ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएका सात जनाले खोप नलगाएको पाईएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर कुमार अधिकारीका अनुसार सङ्क्रमणको कारण मृत्यु हुने अधिकांशले कोरोनाभाइरस विरुद्धको खोप लगाएका थिएनन् ।
पुँजीगत खर्च ५७.२३ प्रतिशतमै सिमित, लक्ष्यभन्दा १६२ अर्ब कम
पुँजीगत खर्च ५७.२३ प्रतिशतमै सिमित, लक्ष्यभन्दा १६२ अर्ब कम काठमाडौं  - हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्दै शतप्रतिशत लक्ष्य भेट्याउने उद्घोष गरेको वर्तमान सरकारले आर्थिक वर्ष सकिंदा मात्र ५७.२३ प्रतिशत पुँजीगत खर्च गर्न सकेको छ ।
बजारमा मुल्य बृद्धिदरको नयाँ रेकर्ड, महंगी ६ वर्षयताकै उच्च विन्दुमा
बजारमा मुल्य बृद्धिदरको नयाँ रेकर्ड, महंगी ६ वर्षयताकै उच्च विन्दुमा काठमाण्डौं - बजारमा महँगी बृद्धिदरले नयाँ रेकर्ड कायम गरेको  छ । गत जेठमा मूल्य वृद्धिदर ६ वर्षयताकै उच्च विन्दुमा पुगेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले नै देखाएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा समग्र मूल्य वृद्धिदर ८.५६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक...
चारदिने भ्रमणको लागि सीपीसीका विदेश विभाग प्रमुख लिउ काठमाडौंमा
चारदिने भ्रमणको लागि सीपीसीका विदेश विभाग प्रमुख लिउ काठमाडौंमा काठमाडौँ - नेपालको चार दिने भ्रमणमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आईतवार काठमाडौं आइपुगेका छन् । आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल भ्रमणमा आएका छन् । लिउले आइतबार परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंहदरबार र त्यसपछि बेलुकी साढे ६ बजे कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर...
कक्षा १२ को उत्तरपुस्तिका जाँचमा ‘मिलेमतो’ भएको आरोप
कक्षा १२ को उत्तरपुस्तिका जाँचमा ‘मिलेमतो’ भएको आरोप काठमाडौँ - कक्षा १२ को उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र केही निजी विद्यालय सञ्चालकको मिलेमतोमा परीक्षण गरिएको आरोप लागेको छ । स्रोतका अनुसार निर्देशिकाविपरीत भाषाविज्ञका रूपमा बोर्डमा कार्यरत करारका दुई कर्मचारीलाई मिलेमतोअनुसार परीक्षा केन्द्रमा खटाइएको छ ।
नदी प्रवाह आधारित आयोजनाको कोटा बढ्यो, अब पीपीए खुल्ने
नदी प्रवाह आधारित आयोजनाको कोटा बढ्यो, अब पीपीए खुल्ने काठमाडौं - सरकारले नदी प्रवाह आधारित जलविद्युत आयोजना (आरओआर) को विद्युत् खरिद समझौता (पीपीए) को सीमा (कोटा) बढाउने निर्णय गरेको छ । मन्त्रिरिषदको मंगलबार बसेको बैठकले १५ हजार मेगावाटका लागि तोकिएको ३५ प्रतिशतको कोटालाई ४५ प्रतिशत कायम गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले बतायो ।
नाबालिग बलात्कारको घटनामा दोलखा जिल्ला अदालतका न्यायाधीश न्यौपानेको मिल्न सुझाव
नाबालिग बलात्कारको घटनामा दोलखा जिल्ला अदालतका न्यायाधीश न्यौपानेको मिल्न सुझाव काठमाण्डौं - जिल्ला अदालत दोलखाका न्यायाधीश कविप्रसाद न्यौपानेले नाबालिग बलात्कार मुद्दामा ‘मिल्न’ सुझाव दिएको पीडित पक्षले आरोप लगाएका छन्। जेठ ३० गते बकपत्र गर्न गएका बेला इजलास बाहिर अदालतको ढोकामै उभिएर न्यायाधीश न्यौपानेले पीडितको शरीरमा घाउचोट छ कि छैन भनेर सोधेको पीडित बालिकाकी आमाले बताइन्।
निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी
निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी काठमाण्डौ - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको विवरण तयार पारेर कारबाहीको सिफारिससहित आयोगमा पठाउन जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन समेत दिएको छ ।
जग्गा धितोमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
जग्गा धितोमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौं  - सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
ईन्धनको मूल्य बढेसँगै यातायातको भाडामा पनि उच्च बृद्धि (सूचीसहित)
ईन्धनको मूल्य बढेसँगै यातायातको भाडामा पनि उच्च बृद्धि (सूचीसहित) काठमाडौं - पेट्रोलियम पदार्थमा भारी मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७।७ प्रतिशतसम्म भाडा बढाएको हो ।
सरकारले ईन्धनको मूल्य फेरी बढायो, पेट्रोल १९९, डिजेल/मट्टितेलको मुल्य १९२ पुग्यो
सरकारले ईन्धनको मूल्य फेरी बढायो, पेट्रोल १९९, डिजेल/मट्टितेलको मुल्य १९२ पुग्यो काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मुल्य फेरी भारी मात्रामा बृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेलरमट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।
Weather Update