Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मतदाता नामावलीमा नाम छुटेको छ ? एक हप्ताभित्र दर्ता गर्नुस्
मतदाता नामावलीमा नाम छुटेको छ ? एक हप्ताभित्र दर्ता गर्नुस् भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने...
वामपन्थी गठबन्धनका लागि एमालेको आव्हान
वामपन्थी गठबन्धनका लागि एमालेको आव्हान काठमाडौँ — नेकपा एमाले केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा वामपन्थी गठबन्धनका लागि आह्वान गर्ने निर्णय गरेको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले वामपन्थी दलहरुबीच एकता र गठबन्धनका लागि आह्वान गरेको हो । पोलिटब्युरो सदस्य विशाल भट्टराईले जनताले बहुमतको सरकार निर्माण गरेर राजनीतिक स्थायित्वको राष्ट्रिय संकल्प खोजेका र वामपन्थी शक्तिहरु...
ओलीको दाबी : ‘विदेशी भूमिमा निर्वाचनपछिको सत्ता साझेदारीबारे सहमति भैसक्यो’
ओलीको दाबी : ‘विदेशी भूमिमा निर्वाचनपछिको सत्ता साझेदारीबारे सहमति भैसक्यो’ काठमाण्डौं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विदेशी भूमि र प्रतिनिधिको रहोबरमा निर्वाचनपछि हुने नेपालको सत्ता साझेदारीबारे सत्ता गठबन्धनले छलफल गरिसकेको आरोप लगाएका छन् । शुक्रवारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले निर्वाचनपछिको सत्ता साझेदारीका बारेमा विदेशी भूमि र विदेशी प्रतिनिधिहरूको रोहबरमा छलफल गरिएको उल्लेख...
समानुपातिक उम्मेदवार नदोहोर्याउन कांग्रेसको निर्देशन
समानुपातिक उम्मेदवार नदोहोर्याउन कांग्रेसको निर्देशन काठमाण्डौं - नेपाली कांग्रेसले गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने गरी सर्कुलर जारी गरेको छ । कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्लो तहको कमिटीलाई निर्देशन दिएको हो...
प्रचण्डका घरबेटीको कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा
प्रचण्डका घरबेटीको कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा काठमाडौँ - शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । सरकारले उक्त कम्पनीलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो । खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ ।
आगामी निर्वाचनमा २६ हजारभन्दा बढी कैदीबन्दीले पहिलो पटक मतदान गर्दै
आगामी निर्वाचनमा २६ हजारभन्दा बढी कैदीबन्दीले पहिलो पटक मतदान गर्दै काठमाडौँ - प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुने निर्वाचनमा २६ हजारभन्दा बढी कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । उनीहरु विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत छन् । मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी कुल २६ हजार १...
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा पेश
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा पेश काठमाडौं - ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संसदमा पेश भएको छ । विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेका हुन् । यो विद्येयक ३१ असार २०७९ मा दर्ता भएपनि मंगलवार...
आज  देशभर कृष्ण जन्माष्टमी पर्व मनाइदैं
आज  देशभर कृष्ण जन्माष्टमी पर्व मनाइदैं वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक हुने
भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक हुने काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका लागि आह्वान गरेको छ । भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) को कार्यक्रम सञ्चालन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...
युक्रेन युद्ध र प्रतिकूल मौसमले खाद्य संकटको जोखिम
युक्रेन युद्ध र प्रतिकूल मौसमले खाद्य संकटको जोखिम काठमाडौँ - युद्ध र प्रतिकुल मौसमका कारण नेपालमा पनि खाद्य संकट निम्तिने जोखिम बढेको छ । रूस–युक्रेन तनावले आपूर्ति शृंखला खुम्चिँदै गएका बेला उत्पादनमा पनि गिरावट आएपछि खाद्यान्न संकट निम्तिने चिन्ता बढेको हो । मनसुन समयमै सक्रिय भए पनि साउन दोस्रो सातासम्म ८६.३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।
आगामी निर्वाचनसम्मै प्रतिनिधिसभा राख्ने सरकारको गृहकार्य
आगामी निर्वाचनसम्मै प्रतिनिधिसभा राख्ने सरकारको गृहकार्य काठमाडौँ - सरकारले आगामी निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिनसम्म प्रतिनिधिसभालाई निरन्तरता दिने भएको छ । त्यसका लागि सरकार गृहकार्यमा जुटेको छ । निर्वाचन आयोगले मिति सिफारिस गरेको एक महिना पुग्न लाग्दा पनि सरकारले चुनाव घोषणा गरेको छैन । स्रोतका अनुसार प्रचलित अभ्यासविपरीत चुनावको मिति घोषणापछि प्रतिनिधिसभा सदस्यको कार्यकाल लम्ब्याउन प्रधानमन्त्री...
Weather Update