नवनिर्वाचित प्रतिनिधिसभा सांसदहरुले लिए सपथ
बिहीबार, पुस ७, २०७९
नवनिर्वाचित सांसदहरुलाई पुष ७ गतेभित्र सपथ ग्रहण गराउने तयारी
सोमबार, पुस ४, २०७९
काठमाडौं । नवनिर्वाचित संघीय संसदहरुको सपथ ग्रहण यही पुष ७ गतेभित्र गर्ने तयारी भएको छ । सचिवालयले सांसदहरुको शपथको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको समन्वयमा शपथको समय समेत करिब करिब टुंगो लगाएको बताए ।
कांग्रेस र माओवादी आ-आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा
आइतबार, पुस ३, २०७९
काठमाण्डौं । मङ्सिर ४ को निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस र तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र आ–आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेका छन् । त्यसका लागि उनीहरूले एकअर्कासँग सहयोग र समर्थनको अपेक्षासहित संवाद थालेका छन् ।
पेट्रोलियम ढुवानी ट्यांकरको भाडा बढेपछि निगमलाई वार्षिक ८० करोडको भार
आइतबार, पुस ३, २०७९
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेपछि वार्षिक ८० करोड व्ययभार थपिने भएको छ । शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमले जनाएको छ ।
भूमि व्यवस्थासम्बन्धी कानुनलाई संशोधन गरेर संसदमा पेश गर्ने तयारी
शुक्रबार, पुस १, २०७९
काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसदमा पेश गर्न समिति गठन गरिएको छ।
अबको २८ दिनभित्र नयाँ सरकार
शुक्रबार, पुस १, २०७९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा चुनिएका जनप्रतिनिधिले पुस २८ अघि नै नयाँ सरकार बनाउनुपर्ने भएको छ । चुनावमा एउटै दलले बहुमत प्राप्त गर्न नसकेकाले दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठन गर्नुपर्नेछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा घोषणा गरेको ३५ दिनभित्र प्रधानमन्त्रीको नियुक्ति भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, एउटै...
निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश, सरकार गठनको बाटो खुल्यो
बिहीबार, मंसिर २९, २०७९
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को परिणाम पेश गरेको छ । बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीसमक्ष मंसिर ४ गते सम्पन्न सो निर्वाचनको मत परिणामको विवरण बुझाएका हुन् ।
प्रतिनिधि तथा प्रदेशसभाका समानुुपातिक सांसदको सूची घोषणा
बिहीबार, मंसिर २९, २०७९
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको नामावली घोषणा गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो ।
एक वर्षभित्रै ४० हजार नेपाली कामदार कोरिया लैजाने तयारी
बिहीबार, मंसिर २९, २०७९
काठमाण्डौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने भएको छ । कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याललाई यसबारे जानकारी दिएका हुन् । ‘नेपालबाट एकै वर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा ४० हजार...
कांग्रेसमा अन्तरघात गर्नेको बिवरण पठाउन निर्देशन
आइतबार, मंसिर १८, २०७९
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही प्रक्रिया अघि बढाएको छ । समितिले अन्तरघात गर्नेहरुको बिवरण १५ पुसभित्र पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको छ ।
सात वटा दललाई राष्ट्रिय पार्टीको मान्यता
शुक्रबार, मंसिर १६, २०७९
काठमाडौँ । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न...