Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रदेश तथा संघको कार्यक्षेत्रमा बाझिने संचरना खारेज गर्ने तयारी
प्रदेश तथा संघको कार्यक्षेत्रमा बाझिने संचरना खारेज गर्ने तयारी काठमाडौँ । सरकारले प्रदेश तथा सङ्घको कार्यक्षेत्रमा दोहोरो भूमिका भएका अनावश्यक संरचनाहरू खारेज गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनले तयार गरेको साझा नीति तथा कार्यक्रममा यो विषय समेटिएको नेताहरुले जानकारी दिएका छन् ।
सर्बदलीय बैठक : संसदमा शिर्ष नेताहरुले सम्वोधन गर्ने
सर्बदलीय बैठक : संसदमा शिर्ष नेताहरुले सम्वोधन गर्ने काठमाडौं । आज बसेको सर्बदलीय बैठकले प्रतिनिधिसभा बैठकको एजेण्डा तय गरेको छ । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावली अनुसार बैठक राख्ने सहमति भएको छ ।
मन्त्रालय फुटाउने योजना नरहेको प्रष्टिकरण
मन्त्रालय फुटाउने योजना नरहेको प्रष्टिकरण काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा मन्त्रालय फुटाउन लागिएको भन्ने विषयमा बाहिर आएको प्रचारका विषयमा छलफल भएको छ । बैठकमा राप्रपाले मन्त्रालय फुटाउन नहुने भन्दै बाहिर आएका प्रचारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको थियो ।
अवैधानिक क्रसर उद्योग बन्द गराउन स्थानीय प्रशासनलाई निर्देशन
अवैधानिक क्रसर उद्योग बन्द गराउन स्थानीय प्रशासनलाई निर्देशन काठमाडौँ । गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउने भएको छ । त्यसका लागि मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ ।
सत्ता समिकरण बदलिएपछि एकिकृत समाजवादीमा संकट
सत्ता समिकरण बदलिएपछि एकिकृत समाजवादीमा संकट काठमाडौं । नयाँ सत्ता समिकरण बनेसँगै एकिकृत समाजवादीभित्र अन्यौलताको अवस्था देखिएको छ । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्किए माओवादी केन्द्र एमाले नेतृत्वको सत्ता समिकरणमा सामेल भएपछि एकिकृत समाजवादी समस्यामा परेको हो । जसका कारण उसले नयाँ सरकारमा सहभागि हुने वा नहुनेबारे ठोस निर्णय गर्न सकेको छैन । 
वाग्मती प्रदेशमा कस्तो होला शक्ति बाँडफाँड ?
वाग्मती प्रदेशमा कस्तो होला शक्ति बाँडफाँड ? हेटौंडा । बागमती प्रदेशसभाको नयाँ अधिवेशन पुस १८ गतेबाट सुरु हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले पुस १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेसँगै प्रदेशसभाको दोस्रो कार्याकालको अधिवेशन सुरु हुने भएको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१०...
विस्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद बिस्तार
विस्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद बिस्तार काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन पुस २५ मा आह्वान गरेकी छन् । संसद् सुरु भएपछि विश्वासको मत लिने सरकारको तयारी छ ।
देउवा सरकारमा पहुँचवालालाई मनपरी खर्च
देउवा सरकारमा पहुँचवालालाई मनपरी खर्च काठमाडौँ । कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यान्वयनमा जुटेका छन् तर गृहभित्रै यस्तै बेथिति उपचार खर्चका नाममा भइरहेको छ जहाँ विपन्न सर्वसाधारण उपेक्षित छन्, पहुँचवालाको हालीमुहाली छ ।
वाग्मती प्रदेशसभा सदस्यको शपथ १४ गते हुने
वाग्मती प्रदेशसभा सदस्यको शपथ १४ गते हुने हेटौंडा । वाग्मती प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १४ गते बिहीबार हुने भएको छ । शुक्रबार बिहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिए । 
एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने
एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई) मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने स्पष्ट पारेको छ ।
Weather Update