आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन
आइतबार, माघ १, २०७९
पोखरामा भएको विमान दुर्घट्नामा ६४ जनाको मृत्यु भएको पुष्टि
आइतबार, माघ १, २०७९
आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।
विमान दुर्घट्नाको छानबिन गर्न आयोग गठन
आइतबार, माघ १, २०७९
काठमाडौँ । सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ ।
अर्थतन्त्रका बाह्य सूचकहरू सुधारोन्मुख
शनिबार, पुस ३०, २०७९
काठमाडौँ । नेपालको खराब देखिँदै गएको अर्थतन्त्रका बाह्य सूचकहरूमा भने सुधार हुन थालेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका बाह्य सूचकहरुमा सुधार आएको बिवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको वित्तीय स्थिति प्रतिवेदन अनुसार मुलुकको शोधनान्तर (भुक्तानी) स्थिति, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायतका सूचकमा सुधार देखिएको हो ।
वाग्मती प्रदेशमा मन्त्रालयको संख्या घटाउने तयारी
मंगलबार, पुस २६, २०७९
हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयहरुको संख्या घटाईने भएको छ । सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
माघ २ गतेदेखि पुन मतदाता नामावली अद्यावधिक र संकलन
सोमबार, पुस २५, २०७९
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो ।
यस्तो छ, प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)
सोमबार, पुस २५, २०७९
काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारमा सहभागी राजनीतिक दलहरुको समझदारीका आधारमा न्यूनतम साझा कार्यक्रम ल्याईएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार साँझ सार्वजनिक भएको २१ बुँदे साझा कार्यक्रममा लोकप्रिय कार्यक्रमहरु समेटिएका छन् ।
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
सोमबार, पुस २५, २०७९
काठमाडौं । सरकारले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।
गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा सर्बोच्चले अन्तरिम आदेश दिएन, पद यथावत रहने
शुक्रबार, पुस २२, २०७९