उपनिर्वाचन : रास्वपाबाट लामिछाने, वाग्ले र खरेल मैदानमा
शनिबार, चैत १८, २०७९
मिटरव्याजीको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता
शनिबार, चैत १८, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजपीडितहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गरेर समस्या समाधान गर्ने प्रधानमन्त्रीको आसवासन छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याजपीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
श्रम स्वीकृतिको आवेदन अब स्थानीय तहबाटै
शुक्रबार, चैत १७, २०७९
काठमाडौँ । बैदेशिक रोजगारीको लागि श्रम स्वीकृतिको प्रक्रिया अब स्थानीय तहबाटै सुरु गरिने भएको छ । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने व्यवस्था गर्न लागिएको हो । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै...
तीन महिनामा सातौं पटक मन्त्रिपरिषद हेरफेर
शुक्रबार, चैत १७, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्मा हेरफेर हुन लागेको हो । पुस ११ मा शपथ लिएसँगै उनले माघ ३, १४ र २३, फागुन १४ र १६ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
वाग्मती प्रदेशको मन्त्रिपरिषद पुर्नगठनमा सकस
शुक्रबार, चैत १७, २०७९
हेटौँडा । बागमती प्रदेशमा मन्त्रालय बाँडफाँटका विषयमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद बिस्तारमा अन्यौलता उत्पन्न भएको छ । सत्ता साझेदार दलहरुले मन्त्रालय भागबन्डा मिलाउन प्रदेश स्तरमा कार्यदल गठन गरेका थिए । तर कार्यदलले सहमति जुटाउन सकेको छैन ।
एसईई परीक्षा सुरु, झण्डै ५ लाख विद्यार्थी सहभागी
शुक्रबार, चैत १७, २०७९
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा शुक्रबारदेखि सुरु भएको छ । देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा एसईई सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थी सहभागी हुँदैछन् । प्रश्नपत्र, उत्तरपुस्तिका, प्रवेशपत्रलगायत परीक्षा सामग्री केन्द्रमा पुर्याइसकेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले...
सत्तारुढ गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा
बुधबार, चैत १५, २०७९
काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डा टुंगो लगाएको छ । गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डा लगभग टुंग्याएको हो । मन्त्रालय टुंगो लगाउन बुधबार साँझ बालुवाटारमा गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बसेको थियो ।
नेकपा एसका बरिष्ठ नेताहरु एमाले फर्किने तयारीमा
बुधबार, चैत १५, २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीका केही वरिष्ठ नेताहरूले नेकपा एमालेमै फर्किने तयारी गरेका छन् । नेकपा एसका संस्थापक नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगली एमालेमा फर्किन छलफलमा छन् । एमालेमा फर्किने तयारी गरेका मुकुन्द न्यौपाने पार्टीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा छन् उनले...
एसईईको परीक्षा तयारी पुरा, शुक्रबारदेखि सुरु हुँदै
बुधबार, चैत १५, २०७९
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुन लागेका छन् ।
यस्तो छ चैते दशैँको महत्व
बुधबार, चैत १५, २०७९
काठमाडौं । हरेक वर्ष चैत्र शुल्क अष्टमीका दिन चैते दशैं पर्व मनाईन्छ । नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । शक्तिपीठ एवं देवीका मन्दिरहरुमा भेला भई भक्तजनहरुले पूजाआरधना गर्ने गर्दछन् । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो...
न्यायलय १३ महिनादेखि नेतृत्वविहिन
सोमबार, चैत १३, २०७९
काठमाडौँ । न्यायपालिका (सर्वोच्च अदालत) विगत १३ महिनादेखि नेतृत्वविहिन भएको छ । व्यवस्थापिका र कार्यपालिका मिलेर अदालतलाई तदर्थ नेतृत्वमा चल्न बाध्य बनाएका हुन् । यही अवधिमा ७५३ स्थानीय पालिका, ७ प्रदेश र संघको निर्वाचन सम्पन्न भएर प्रधानमन्त्री र मुख्यमन्त्रीहरू छानिएपनि न्यायलय भने नेतृत्वविहिन बनाईएको हो ।
जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
आइतबार, चैत १२, २०७९
काठमाण्डौं । जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा रिट दिवेदन दिएका हुन्।
मन्त्रिपरिषद अझै बिस्तार हुन सकेन, भागबण्डा मिलाउन सकस
शनिबार, चैत ११, २०७९
काठमाडौं । सत्तारुढ गठबन्धनभित्र शक्ति बाँडफाँडको भागबण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तार अझै हुन सकेको छैन । दश दलीय गठबन्धनमा साना दलले धेरै मन्त्रालयमा दाबी गरेपछिमा मन्त्रिपरिषद बिस्तारमा ढिलाई भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसद संख्याको आधारमा मन्त्रालय भागबन्डाको प्रस्ताव गरेपनि साना दलले अडान छाडेका छैनन् ।