प्रधानन्यायधिसमा कार्कीको नाम सर्वसम्मत अनुमोदन
शुक्रबार, असार १, २०८०
मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त
बिहीबार, जेठ ३२, २०८०
काठमाडौं । सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।
नेपाल भित्रियो मनसुन, कोशी, वग्मती र गण्डकीमा वर्षात् सुरु
बुधबार, जेठ ३१, २०८०
काठमाडौँ । नेपालमा एक दिन ढिला गरेर मनसुन भित्रिएको छ । नेपालमा सरदर जुन १३ मा भित्रिँदै आएकोमा यो वर्ष केही ढिला मनसुन् प्रवेश गरेको हो । बुधबार पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ...
जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न निर्देशन
बुधबार, जेठ ३१, २०८०
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव पुनरावलोकन गर्न निर्देशन दिएको हो ।
नागरिकता विद्येयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
आइतबार, जेठ २१, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार उक्त विद्येयक प्रमाणीकरण गरेको थिए ।
गौर हत्याकाण्ड छानविनको माग गर्दै सर्वोच्चमा रिट
आइतबार, जेठ २१, २०८०
काठमाडौं । गौर हत्याकाण्ड छानविनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । १६ वर्षअघि उक्त हत्याकाण्ड भएको थियो । जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै घटनामा मारिएका आफन्तहरुले अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट दायर गरेका हुन् ।
७१ देशमा वैदेशिक रोजगारी खोल्ने तयारी
आइतबार, जेठ २१, २०८०
काठमाडौं । सरकारले ७१ देशमा रोजगारी खोल्ने भएको छ । दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको छ ।
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम पारित
शनिबार, जेठ २०, २०८०
काठमाडौँ । वाग्मती प्रदेशसभाको शुक्रबार बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिन लगातार छलफल भई ८१ प्रदेशसभा सदस्यले सरकारलाई मार्ग निर्देशनसहित सुझाव प्रस्तुत गरेका थिए ।
सुनकोशी नदीमा बेपत्ता तीन जना अझै भेटिएनन्, गोताखोर टोली परिचालन
शनिबार, जेठ २०, २०८०
सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका तीन जना अझै फेला पर्न सकेका छैनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृतको खोजीमा गोताखोर टोली परिचालन गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा
बुधबार, जेठ १७, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा निस्किएका छन् । यो पटक प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलोपटक विदेश भ्रमणका रुपमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् ।
नयाँ आर्थिक वर्षको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड (पूर्णपाठ)
सोमबार, जेठ १५, २०८०
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको आकार बढाएको छ । अर्थमन्त्री प्रकाशसरण महतले नयाँ आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्बजनिक गरेका हुन् । यो चालु आर्थिक वर्ष २०७९र८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब...
कैद मिनाहा भएपछि रिहा भए रेशम चौधरी
सोमबार, जेठ १५, २०८०
काठमाडौँ । सरकारले कैद माफी मिनाहा गरिदिएपछि कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आममाफी दिएका थिए । सोही अनुसार चौधरी गणतन्त्र दिवसको अवसरमा रिहा भएका हुन् ।
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
आइतबार, जेठ १४, २०८०
काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।