सर्वोच्चको आदेशपछि कोशी सरकारको हैसियत कामचलाउ
बिहीबार, असार २८, २०८०
प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको निधन
बिहीबार, असार २८, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।
प्रधानमन्त्रीले गल्ती स्वीकार्ने सहमति, संसद खोल्न एमाले तयार
सोमबार, असार २५, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति सच्याउने वचन दिएपछि एमाले संसदको जारी अबरोध खोल्न तयार भएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदनको अवरोध खुल्ने भएको हो ।
एसईईको ग्रेडबृद्धि परीक्षा साउन २६ र २७ गते
शनिबार, असार २३, २०८०
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
दोलखामा लम्पी स्किन रोगको संक्रमण बढ्दै, मर्न थाले पशुचौपाया
शनिबार, असार २३, २०८०
चरिकोट । पशुचौपायामा प्रकोपको रुपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण दोलखामा पनि पुष्टि भएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका–६ मा पालिएका चौंरीमा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको हो । लम्पी स्किन संक्रमण भएका २ वटा चौंरी मरेको स्थानीयले जानकारी दिएका छन् ।
लम्पी स्किनबिरुद्ध १० लाख ३७ हजार खोप आयात
शनिबार, असार २३, २०८०
काठमाडौँ । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध १ लाख ८० हजार ९ सय २२ पशुमा खोप लगाउने कार्य सम्पन्न भएको छ । हालसम्म १० लाख ३७ हजार डोज खोप आयात भएकोमा उक्त खोप लगाउने कार्य सम्पन्न भएको हो । सरकारले पशुमा देखिएको महामारी नियन्त्रण गर्नकै निम्ति निजी क्षेत्रलाई खोप...
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको अडान
शुक्रबार, असार २२, २०८०
काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने अडान राखेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले संसद संचालनका लागि प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अडान राखेको हो ।
कोशी प्रदेश सरकार बिरुद्धको मुद्धा सर्वोच्चमा
शुक्रबार, असार २२, २०८०
काठमाडौँ । कोशी प्रदेशमा बनेको नयाँ सरकार बिरुद्धको मुद्धा सर्वोच्च अदालत पुगेको छ । सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा पुगेको हो । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनेपछि सरकार बिरुद्धको मुद्धा अदालत पुगेको छ ।
एसईई प्रमाणपत्रमा नाम, थर र जन्ममिति सच्याउन ६ महिनाको समय
शुक्रबार, असार २२, २०८०
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन सक्ने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रमाणपत्र सच्याउन परेमा अबको ६ महिनाभित्र निवेदन दिन सकिने छ ।
‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला...
रमण थामीको ‘निलो सलको’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)
बिहीबार, असार २१, २०८०
काठमाण्डौं । गायक रमण थामीको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । निलो सल नामक म्यूजिक भिडियो बज्रटिभि युट्युव च्यनल मार्फत रिलिज भएको हो । गायक थामीको आफ्नै शब्दमा तयार भएको गीतमा संगीत र स्वरपनि उनी आफैले दिएका छन् । मिराज बिक्रम सिंहले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन सम्पादन रणधिर...
सार्वजनिक ऋण २२ खर्ब नजिक, प्रतिव्यक्ति ऋणको दायित्व साँढे ७४ हजार
बुधबार, असार ६, २०८०
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा सार्वजनिक ऋण झण्डै २२ खर्ब पुगेको छ । जसमा आन्तरिक ऋणको हिस्सा बाह्य ऋण भन्दा माथि पुगेको छ । जेठसम्म कुल सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ रहँदा आन्तरिक ऋणको हिस्सा १० खर्ब ९९ अर्ब...
साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा हेर्ने अधिकार जिल्ला अदालतलाई
बुधबार, असार ६, २०८०
काठमाडौं । सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतहरूमै दर्ता गर्ने बाटो खोलिदिएको छ । मन्त्रिपरिषद बैठकले यी मुद्दा जिल्ला अदालतहरूबाटै नै सुरू कारबाही र किनारा लगाउने अधिकार दिएको हो ।
नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरु पुर्पक्षका लागि थुनामा
शुक्रबार, असार १, २०८०
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरु १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जना पूर्पक्षका लागि थुनामा गएका हुन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि यस्तो आदेश दिएको हो...