Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी मन्त्री हटाएर मन्त्रिपरिषद हेरफेरको तयारी
माओवादी मन्त्री हटाएर मन्त्रिपरिषद हेरफेरको तयारी काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । मन्त्रिपरिषद आजै हेरफेर हुने सम्भावना रहेको स्रोतले जनाएको छ । 
गौर घट्नाबारे सरकारले गरेको सहमति प्रति जसपाको आपत्ती
गौर घट्नाबारे सरकारले गरेको सहमति प्रति जसपाको आपत्ती काठमाडौँ । सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताप्रति जनता समाजवादी पार्टी (जसपा) ले आपत्ती जनाएको छ । उक्त सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको जसपाको ठहर छ । जसपाले सम्झौताको बारेमा शुक्रबार आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।
कांग्रेस सांसदहरु भन्छन् : प्रतिशोध साँध्न सांसद शर्मालाई पक्राउ गरियो
कांग्रेस सांसदहरु भन्छन् : प्रतिशोध साँध्न सांसद शर्मालाई पक्राउ गरियो काठमाण्डौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउप्रति सांसदहरुले आपत्ती जनाएका छन् । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका हुन् ।
कैदीबन्दीबीच कुटाकुट हुँदा संखुवासभामा दुई जनाको मृत्यु
कैदीबन्दीबीच कुटाकुट हुँदा संखुवासभामा दुई जनाको मृत्यु संखुवासभा । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको हो ।
प्रधानाध्यापकको नियुक्तिको जिम्मा जिल्ला शिक्षालाई दिने तयारी
प्रधानाध्यापकको नियुक्तिको जिम्मा जिल्ला शिक्षालाई दिने तयारी काठमाडौं । सरकारले विद्यालयका प्रधानाध्यापक नियुक्तिको जिम्मा जिल्ला शिक्षा कार्यालयलाई दिने तयारी गरेको छ । संसदमा पेस गर्न लागेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । विद्येयकमा प्रधानाध्यापकको नियुक्ति जिल्ला शिक्षा कार्यालयले व्यवस्था गरेको छ । 
सर्वोच्चले ललिता निवास प्रकरणमा नेपाल र भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खोल्यो
सर्वोच्चले ललिता निवास प्रकरणमा नेपाल र भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खोल्यो काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पु‍र्याउने गरी भएका निर्णयमा तत्कालिन प्रधानमन्त्रीहरुलाई समेत अनुसन्धान गर्ने बाटो खोलिदिएको छ । सर्वोच्चले उक्त प्रकरणमा संलग्न मन्त्रिपरिषदका पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो ।
सीआईबीलाई सुन तस्करीको थप अनुसन्धान गर्ने जिम्मा 
सीआईबीलाई सुन तस्करीको थप अनुसन्धान गर्ने जिम्मा  काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिने भएको छ । अहिलेसम्मको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने तयारी छ । राजस्व अनुसन्धान विभागको टोलीले अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी छ ।
नेपालको अन्तर्राष्ट्रिय व्यापार हालसम्मकै निराशाजनक
नेपालको अन्तर्राष्ट्रिय व्यापार हालसम्मकै निराशाजनक काठमाण्डौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारको वृद्धिदरमा अहिलेसम्मकै निराशाजनक स्थिति देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा अन्तर्राष्ट्रिय व्यापार वृद्धिदरमा हालसम्मकै उच्च गिरावट आएको भन्सार विभाग र नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९र८० मा अन्तर्राष्ट्रिय व्यापारमा १६.५८ प्रतिशतले कमी आएको छ।
वालसेना प्रयोग नगरेको प्रचण्डको स्पष्टिकरण
वालसेना प्रयोग नगरेको प्रचण्डको स्पष्टिकरण काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे सशस्त्र युद्धमा बालसेनाको प्रयोग नगरेको स्पष्टिकरण दिएका छन् । सशस्त्र युद्धमा बालसेनाको प्रयोग भएको दाबी सहित सर्वोच्च अदालतमा पेश भएको एक रिट निवेदनमाथि प्रचण्डले यस्तो जवाफ दिएका हुन् । द्वन्द्वकालमा बालबालिकालाई सेनामा प्रयोग नगरेको र शान्ति प्रक्रियामा सबैजसो दस्तावेजमा बालसेनाको उल्लेख नभएको...
Weather Update