अलैचीको भाउ बढ्यो, किसान उत्साहित
आइतबार, भदौ २४, २०८०
दोलखाका तीन जलविद्युत आयोजनाले पाए वन क्षेत्र प्रयोग गर्ने अनुमति
बुधबार, भदौ १३, २०८०
काठमाण्डौं । सरकारले दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधिन जलविद्यूत आयोजनालाई सार्वजनिक वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । सरकारले गौरीशंकर गाउँपालिका वडा नम्बर ५, सुरी स्थित निर्माणाधिन साँगुखोला, माथिल्लो सुरीखोला र साँगुखोला–१, जलविद्यूत आयोजनालाई सरकारी वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।
सुन प्रकरण : सिन्धुपाल्चोकमा एक व्यक्ति भारतबाट पक्राउ
बुधबार, भदौ १३, २०८०
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका एक व्यक्तिलाई भारतमा पक्राउ गरेको छ । भारतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याईएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका किशोर बस्नेत रहेका छन् । उनको बिस्तृत ठेगाना खुलेको छैन ।
एमसीसीबारे समाजवादी मोर्चा भित्र बिवाद
बुधबार, भदौ १३, २०८०
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयले नेपालमा पुन चर्चा पाएको छ । एमसीसी विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद देखिएको छ ।
वैदेशिक मुद्रा सञ्चिति २६ प्रतिशतले बढ्यो
मंगलबार, भदौ १२, २०८०
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले उनले अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् । कांग्रेस सांसद उदय शमशेर राणाले अर्थतन्त्रबारे जिज्ञासा राखेका थिए ।
ललितता निवास प्रकरण : अदालतमा वयान जारी
मंगलबार, भदौ १२, २०८०
काठमाडौ । ललितानिवास जग्गा प्रकरणबारे अदालतमा वयान जारी छ । सो प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा जारी रहनेछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा आइतबार मुद्दा दर्ता गरेको थियो।
९ वटा संसदीय समितिको नेतृत्व सर्बसम्मत
आइतबार, भदौ १०, २०८०
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरु चयन भएका छन् । प्रतिनिधिसभाको १० वटा विषयगत समितिमध्ये ९ वटाको सभापति सर्वसम्मत हुने भएका छन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।
क्रिकेटर सन्दीप बिरुद्धको मुद्धामा सर्वोच्चमा फेरी सुनुवाई
आइतबार, भदौ १०, २०८०
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको बलात्कार मुद्दामा फेरि सुनुवाइ हुँदैछ । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित...
सद्भाव काम राख्न धरान प्रबेश र सुरक्षामा कडाई
शनिबार, भदौ ९, २०८०
काठमाण्डौं । धरान उपमहानगरपालिकामा धार्मिक सहिष्णुता बिग्रनसक्ने सम्भावनालाई मध्येनजर गर्दै कडाई गरिएको छ । त्यहाँ आयोजना गरिने भएको धार्मिक र्यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सहर प्रवेशमा कडाइ गरेको छ ।
वाग्मती प्रदेश सरकारले गर्यो मन्त्रालय विभाजन
बुधबार, भदौ ६, २०८०
हेटौंडा । वाग्मती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले औपचारिकरुपमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बनाउने निर्णय गरेको हो । नयाँ मन्त्रालयको जिम्मेवारी हालका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई दिइएको छ ।
शरणार्थी प्रकरण अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा
सोमबार, भदौ ४, २०८०
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा गरिएको छ । अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखको जिम्मेवारी खोसिएको हो ।
काभ्रेमा श्रीमानद्धारा श्रीमतीको हत्या
आइतबार, भदौ ३, २०८०
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–१२ मा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीको हत्या गरेका हुन् । उनले श्रीमतीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।