Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता काठमाडौँ । आन्दोलनरत राहत तथा वालविकास शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकारसँग पाँच बुँदे सहमति पछि उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो ।
दोलखाको जामुनेबाट  थप तीन किलो सुन बरामद
दोलखाको जामुनेबाट थप तीन किलो सुन बरामद काठमाडौँ । थप तीनकिलो सुनसहित दोलखामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार दोलखा जिल्ला विगु गाउँपालिका वडा नम्बर ३, स्थित जामुनेबाट केशव तामाङ पक्राउ परेका हुन् । 
नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, एकजनाको थाप्लोमा ७९ हजार
नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, एकजनाको थाप्लोमा ७९ हजार काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघेको छ । योसँगै प्रतिव्यक्ति ऋणको भार ७९ हजार २०१ पुगेको छ । चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को पहिलो दुई महिनामा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको छ । यस अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ऋण भुक्तानी गरेको...
सुन तस्करी प्रकरणमा थुनछेक बहस
सुन तस्करी प्रकरणमा थुनछेक बहस काठमाडौँ । हङकङबाट नेपालमा भएको तस्करी प्रकरणबारे आजदेखि अदालतमा थुनछेक बहस हुँदैछ । काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएसँगै बुधबारबाट थुनछेक बहस हुन लागेको हो । 
असोज २१ देखि सुपथ मुल्य पसल संचालन
असोज २१ देखि सुपथ मुल्य पसल संचालन काठमाडौं । सरकारले यो वर्षपनि चाडपर्वकेन्द्रित सहुलियत (सुपथ) मूल्य पसल २१ असोजबाट सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका संस्थानहरूमार्फत सुपथ मूल्य पसल ३ मंसिरसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
एमाले वाग्मती प्रदेशको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु
एमाले वाग्मती प्रदेशको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको पहिलो अधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । अधिवेशनको तेस्रो दिन बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता हुने छ । मतदान बिहीबार बिहानलाई निर्धारण गरिएको छ ।
सुनको आयात कोटा बढाउने सरकारको तयारी
सुनको आयात कोटा बढाउने सरकारको तयारी काठमाडौं । सरकारले सुनको आयात कोटा बढाउने तयारी गरेको छ । पछिल्लो समय नेपालमा सुन तस्करी बढ्दै गएका बेला सरकारले यस्तो तयारी थालेको हो । सरकारको सिफारिसमा नेपाल राष्ट्र बैंकले सुनको आयातलाई दोब्बर बनाउन लागेको छ । बैंकले दैनिक १० किलो सुन आयात भइरहेकोमा अब १० केजी थपेर २० केजी...
सुन तस्करी छानविन आयोगको क्षेत्राधिकारबारे बिवाद
सुन तस्करी छानविन आयोगको क्षेत्राधिकारबारे बिवाद काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि गठन गरिने जाँचबुझ आयोगको कार्यादेशका बारेमा दलहरुबीच बिवाद देखिएको छ । प्रमुख तीन राजनीतिक पार्टीका नेताहरुबीच आईतवार भएको छलफलमा आयोगको क्षेत्राधिकारका विषयमा विवाद देखिएको हो । 
सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता
सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता काठमाडौं । शिक्षा विद्येयकको बिरोधमा उत्रिएका शिक्षकहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । सरकारसँग सहमति भएपछि शिक्षकहरुले आन्दोलन फिर्ता लिएका हुन् । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मापदण्ड बिपरित विशिष्ट व्यक्तिलाई दिईएको सुविधा फिर्ता गर्न निर्देशन
मापदण्ड बिपरित विशिष्ट व्यक्तिलाई दिईएको सुविधा फिर्ता गर्न निर्देशन काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विशिष्ट व्यक्तिहरुलाई मापदण्डविपरीत दिइएको सुविधा फिर्ता गर्न निर्देशन दिएको छ । समितिले सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । 
शिक्षकहरुको आन्दोलनले देशभरका सामुदायिक विद्यालय ठप्प
शिक्षकहरुको आन्दोलनले देशभरका सामुदायिक विद्यालय ठप्प काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय ठप्प भएका छन् । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकलाई लिएर शिक्षकहरुले दोस्रो दिन पनि सडक आन्दोलन जारी राखेका छन् । काठमाडौं केन्द्रीत आन्दोलनका कारण देशभरिका सामुदायिक विद्यालय बन्द छ ।
शिक्षा विधेयकको बिरोधमा काठमाडौंमा शिक्षकहरुको प्रदर्शन
शिक्षा विधेयकको बिरोधमा काठमाडौंमा शिक्षकहरुको प्रदर्शन काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको बिरोधमा शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रिएका छन् । विद्येयकका केही प्रावधानमा शिक्षक संघ संगठनहरुको आपत्ती छ । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् ।
Weather Update