तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरिँदै
बिहीबार, कात्तिक १५, २०८१
नेपाली टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा
बुधबार, कात्तिक १४, २०८१
काठमाडौं । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलोपटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ ।
बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक
बुधबार, असोज ३०, २०८१
सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक लगाएको छ। रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो।
ह्युमपाइपले जोडियो तातोपानी नाका
सोमबार, असोज २१, २०८१
सिन्धुपाल्चोक । गएको साता अविरल वर्षासँगैको बाढीपहिरोले अरनिको राजमार्गका विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३३ पुग्यो
बिहीबार, असोज १७, २०८१
काठमाडौं । यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
पढाइ स्नातकोत्तर, काम भेडा चराउने...
बुधबार, असोज २, २०८१
खोटाङ । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भयो।
कोरियामा कमाएको पैसा लगानी गरेर मनग्य आम्दानी
शुक्रबार, भदौ २८, २०८१
बागलुङ । कोरियाबाट पाँच वर्षअघि फर्किएका काठेखोला गाउँपालिका-१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन्। विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार ५०० बिरुवा लगाएका थापाले १५ महिनामै फल टिप्न थालेको बताए।
५ सयभन्दा बढी भेडा च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
मंगलबार, भदौ २५, २०८१
सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन्। हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ। उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा चरिरहेका छन्। धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो।